घुस लिँदै रंगेहात समातिए खाद्य प्रविधि विभागका कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

घुस लिँदै रंगेहात समातिए खाद्य प्रविधि विभागका कर्मचारी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका प्राविधिक सहायक सन्जय चौधरीलाई अनुगमन तथा निरीक्षण शाखा काठमाडौंको टोलीले ३० हजार रुपैयाँ घुससहित सोमबार रंगेहात पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चौधरीले उद्योग नवीकरणको प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका थिए। आयोगको टोलीले उनलाई विभागकै परिसरबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ परेका कर्मचारीविरुद्ध थप अनुसन्धान जारी रहेको बताइएको छ।

प्रकाशित : १७ चैत्र २०८२, मंगलबार १३:२८ 31 March, 2026 1:28 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।