नेप्सेमा चार कम्पनीका बोनस सेयर सूचीकृत, कुनकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा चार कम्पनीका बोनस सेयर सूचीकृत, कुनकाे कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार चार कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। युनिभर्सल पावर कम्पनी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, बिन्ध्यबासिनी हाइड्रोपावर र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर सूचिकृत भएको हो ।

युनिभर्सल पावर कम्पनीका ९ प्रतिशत दरको कुल २० लाख ५१ हजार ९३६ कित्ता, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका ४ प्रतिशत दरको कुल २० लाख ४१ हजार ४५९ कित्ता, बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका ५ प्रतिशत दरको कुल ५ लाख ६४ हजार ९०० कित्ता बोनस सेयर र एनएलजी इन्स्योरेन्स कम्पनीका ४ प्रतिशत दरको कुल १० लाख २६ हजार ०८९ कित्ता बोनस सेयर सूचीकृत भएका छन्।

उक्त सूचीकृत बोनस सेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित : 30 March, 2026 3:45 pm