सुनचाँदीको मूल्य घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मूल्य घट्याे



काठमाडौं। सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार बजारमा सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज बजारमा चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार बजारमा चाँदी प्रतितोला ४ हजार ७२० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित : 30 March, 2026 11:22 am