बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए शेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए शेयर ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि चैत ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान साढे १० बजे आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

बिक्री अवधिभर ७९ हजार २५५ जनाले १० लाख ८९ हजार ५६० कित्ता आईपीओ माग गर्दै आवेदन दिएकोमा ७९ हजार २३२ जनाले १० लाख ८९ हजार ३०० कित्ताका लागि दिएको आवेदन मात्रै स्वीकृत भएको छ।

मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथा विधिद्वारा आईपीओ बाँडफाँड गरिएको छ। बाँडफाँडमा १० हजार ४०० जनाले १०र१० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ।

प्रकाशित : १५ चैत्र २०८२, आइतबार १२:१७ 29 March, 2026 12:17 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।