जीवन बीमा कम्पनीको बीमाशुल्क १ खर्ब २४ अर्ब नाघ्यो, नेपाल लाइफको अग्रता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा कम्पनीको बीमाशुल्क १ खर्ब २४ अर्ब नाघ्यो, नेपाल लाइफको अग्रता



काठमाडौं । चालु आर्थिक वर्षको फागुण मसान्तसम्म जीवन बीमा कम्पनीहरूले उल्लेखनीय व्यवसाय विस्तार गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन।

उक्त अवधिमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले मात्रै ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार गर्दै बजारमा आफ्नो वर्चस्व कायम राखेको छ। दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ। जसले १५ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। त्यसैगरी एलआईसी नेपाल १३ अर्ब ४६ करोड रुपैयाँ आर्जनसहित तेस्रो स्थानमा रहेको छ।

अन्य कम्पनीहरूको प्रदर्शन पनि उल्लेखनीय रहेको छ। हिमालयन लाइफ इन्स्योरेन्सले ११ अर्ब ७१ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७४ करोड रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ७ अर्ब ४३ करोड रुपैयाँ आर्जन गरेका छन्।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सले ६ अर्ब ३८ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले ५ अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

मध्यम स्तरका कम्पनीहरूमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ४ अर्ब ७६ करोड रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले ४ अर्ब २८ करोड रुपैयाँ, मेट लाइफ नेपालले ४ अर्ब २५ करोड रुपैयाँ आर्जन गरेका छन्।

यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ९० करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ अर्ब ६६ करोड रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

प्रकाशित : 25 March, 2026 4:39 pm