नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचीकृत, कुनकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचीकृत, कुनकाे कति ?



काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेशनल लघुवित्त, मेरो माइक्रोफाइनान्स, सिंगटी हाइड्रोपावर र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

नेशनल लघुवित्तको १४.२५ प्रतिशत दरको कुल १८ लाख ९७ हजार ५४२ कित्ता बोनस सेयर र मेरो माइक्रोफाइनान्सको ४.७५ प्रतिशत दरको कुल ६ लाख ४७ हजार २५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, सिंगटी हाइड्रोपावरको ५ प्रतिशत दरको कुल १४ लाख ५० हजार कित्ता र निर्धन उत्थान लघुवित्तको ५ प्रतिशत दरको कुल १३ लाख ६ हजार ३९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त सूचीकृत बोनस सेयरहरु बिहीबारदेखि नै दोस्रो बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित : 25 March, 2026 4:04 pm