ग्लोबल मनी विकमा एभरेष्ट बैंकको वित्तीय साक्षरता अभियान, ३ हजारभन्दा बढी विद्यार्थी लाभान्वित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बैंक / वित्त

ग्लोबल मनी विकमा एभरेष्ट बैंकको वित्तीय साक्षरता अभियान, ३ हजारभन्दा बढी विद्यार्थी लाभान्वित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षजस्तै यस वर्ष पनि एभरेष्ट बैंकले एक साता ग्लोबल मनी विक २०२६ मा सप्ताहव्यापी देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रमअन्तर्गत बैंकले आफ्ना सबै प्रदेशका शाखामार्फत विभिन्न विद्यालय तथा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी तीन हजारभन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गर्न सफल भएको हो।

साथै, उक्त कार्यक्रममा केही विद्यार्थीलाई बैंकको शाखा अवलोकन गराई बैंकको सेवाबारे व्यावहारिक जानकारी गराइएको छ। ‘स्मार्ट मनी टल्क्स’ भन्ने नाराका साथ सञ्चालन गरिएका यी कार्यक्रममा युवाहरूलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबारका साथै बैंकले दिने सेवा र त्यसमा अपनाउनुपर्ने सावधानी जस्ता महत्त्वपूर्ण विषयसमेत सचेत गराइएको थियो।

एभरेष्ट बैंकका हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक रहेका छन्। देशभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू र १६३ वटा एटिएम सञ्चालनमा छन्।

विश्वव्यापी नेटवर्कमार्फत अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३३ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित : १० चैत्र २०८२, मंगलबार ११:१८ 24 March, 2026 11:18 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।