विद्यार्थीलाई बचत र लगानीबारे ज्ञान दिँदै एनआईसी एशिया क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

विद्यार्थीलाई बचत र लगानीबारे ज्ञान दिँदै एनआईसी एशिया क्यापिटल



काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची भ्याली क्याम्पसमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।

विश्व बचत सप्ताह २०२६ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम चैत ६ गते सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई बचत, लगानी तथा वित्तीय अनुशासनका विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका क्रममा एएमएलरसीएफटी सम्बन्धी आधारभूत जानकारीसमेत प्रदान गरिएको थियो, जसले वित्तीय कारोबारलाई सुरक्षित र पारदर्शी बनाउन सहयोग पुर्‍याउँछ।

एनआईसी एशिया क्यापिटलले आगामी दिनहरूमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित : 23 March, 2026 1:20 pm