प्रभु महालक्ष्मी लाइफका सिइओ सन्तोष प्रसाई इन्स्योरेन्स अवार्डबाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

प्रभु महालक्ष्मी लाइफका सिइओ सन्तोष प्रसाई इन्स्योरेन्स अवार्डबाट सम्मानित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाई कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित भएका छन् ।

बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालिन बीमा समिति(हालको नेपाल बीमा प्राधिकरण) देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बीमा क्षेत्रमा उनले गरेको योगदानको कदर स्वरुप यो सम्मान गरिएको हो । सिइओ प्रसाईको नेतृत्वमा नेपाली बीमा बजारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको रहेको छ ।

शनिबार एक कार्यक्रमका बीच प्रमुख अतिथि कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीले दोस्रो कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित भएका हुन् ।

कोशी प्रदेशमा जन्मिइ कोशी प्रदेशको नाम उच्च राख्न सफल देश विदेशमा रही विभिन्न पेशा व्यवसायमा अब्बलता हासिल गरेका व्यक्तिहरुलाई विविध विधाहरुमा कोशी एक्सिलेन्स अवार्डबाट सम्मान प्रदान गरिदै आएको छ ।

प्रकाशित : ८ चैत्र २०८२, आइतबार १२:५७ 22 March, 2026 12:57 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।