काठमाडौं । स्प्यारो एसएमएसले आफ्नो स्थापना दिवसको अवसरमा “१६ वर्षको गौरवशाली यात्रा” पूरा गरेको घोषणा गर्दै नयाँ सेवा सार्वजनिक गरेको छ। कम्पनीले आधिकारिक Meta Platforms टेक पार्टनरको रूपमा ह्वाट्सएप बिजनेस एपीआई सेवा नेपालमा उपलब्ध गराएको जनाएको छ।
“सन्देश प्रवाहको १६ मिठो वर्ष” भन्ने नारासहित आयोजित कार्यक्रममा कम्पनीले स्टार्टअपदेखि राष्ट्रियस्तरको सञ्चार पूर्वाधार प्रदायकसम्मको आफ्नो यात्रा स्मरण गरेको थियो। सन् २०१० मा स्थापना भएको स्प्यारो एसएमएसले हाल ८,००० भन्दा बढी व्यवसायलाई सेवा दिँदै वार्षिक ३५ करोडभन्दा बढी सन्देश प्रवाह गरिरहेको जनाएको छ।
नेपालमा बल्क एसएमएस सेवाको अग्रणी प्रदायकको रूपमा स्थापित कम्पनी नेपाल दूरसञ्चार प्राधिकरण बाट स्वीकृत विश्वसनीय प्लेटफर्म हो। एसईई नतिजा प्रकाशनदेखि विपद् व्यवस्थापनसम्म कम्पनीले सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेलेको छ।
१६ वर्षअघि लोडसेडिङ र सीमित पूर्वाधारबीच सुरु भएको कम्पनीले चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै देशव्यापी पहिचान बनाएको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत वैदेशिक रोजगार ठगी नियन्त्रण, २०७२ भूकम्पमा राहत सहजीकरण तथा मानव बेचबिखन जोखिम न्यूनीकरणमा समेत कम्पनी सक्रिय रहँदै आएको छ।
नयाँ घोषणा अनुसार, व्हाट्सएप बिजनेस एपीआई सेवामा ब्लु टिक प्रमाणीकरण, एआई आधारित स्वचालित च्याट फ्लो तथा सिधा मेटा एकीकरण जस्ता सुविधा उपलब्ध हुनेछन्। यसअघि नै Viber Business Messaging को आधिकारिक पार्टनर रहेको कम्पनीले अब बहु-च्यानल सञ्चार समाधान उपलब्ध गराउने बताएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले ग्राहकको विश्वास र टिमको निरन्तर नवीनताले कम्पनीलाई यो स्थानमा पुर्याएको उल्लेख गर्दै भविष्यमा अझ उन्नत सञ्चार सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
वार्षिकोत्सवको अवसरमा कम्पनीले “स्विट १६” अफरअन्तर्गत १६% बोनस एसएमएस, पहिलो १६० ग्राहकलाई १६० फ्री एसएमएस क्रेडिट प्रदान गर्ने जनाएको छ। यो योजना वैशाख १६ सम्म लागू रहनेछ।






Comment