सेयर बजारमा उछाल: नेप्से ६४ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा उछाल: नेप्से ६४ अंकले बढ्यो



काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज बजार ६४.६९ अंक बढेर २८७७.०३ को विन्दुमा पुगेर रोकिएको हो। आज सेन्सेटिभ इण्डेक्स ११.६३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१४ अंक बढेको छ।

त्यस्तै, २४० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने २ को स्थिर रह्यो । अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएकोमा आज २१ अर्ब २२ करोडको कारोबार भएको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स र सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने होटल फरेष्ट इनको शेयरमूल्य पनि उच्च अंकले बढेको छ । नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमूल्य भने आज सर्वाधिक घटेको छ।

आज सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सबैभन्दा धेरै ३.९५ प्रतिशत बढ्यो । बैंकिङ ३.१६, फाइनान्स १.९४, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर २.२९, लगानी १.७७, जीवन बीमा २.७६, उत्पादन तथा प्रशोधन १.८९, माइक्रोफाइनान्स १.२४, निर्जीवन बीमा १.८०, अन्य १.९७ तथा व्यापार ०.१६ प्रतिशत बढेका छन् । माहुली लघुवित्तको मूल्य सबैभन्दा धेरै २.९७ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६७ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ६६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ६२ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित : 19 March, 2026 3:24 pm