यूनाइटेड अजोड इन्स्योरेन्सको २६ हजार ९७४ कित्ता संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

यूनाइटेड अजोड इन्स्योरेन्सको २६ हजार ९७४ कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७४ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १७० रुपैयाँमा शेयर बिक्रीमा राखेको हो।

संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले हाल उक्त शेयर यूनाइटेड अजोड इन्स्योरेन्सका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न सक्नेछन्।

सो शेयर किन्न चाहने शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा आफूले किन्न चाहेको शेयर संख्या समेत खुलाएर निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर किन्न निवेदन नपरेमा वा सबै शेयर बिक्री नभएमा बाँकी रहने शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित : 19 March, 2026 11:13 am