काठमाडाैं । नेपाल राष्ट्र बैंकले सडक दस्तुर संकलनका लागि वाणिज्य बैंकले ‘आरएफआईडी’ कार्ड जारी गर्न पाउने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो।
राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै वाणिज्य बैंकहरूलाई मात्रै सडक उपभोग दस्तुर संकलनका लागि विशेष कार्ड जारी गर्ने बाटो खोलेको छ।
जसअनुसार वाणिज्य बैंकहरूले अबदेखि रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) चिपमा आधारित प्रिपेड कार्ड वा ट्याग जारी गर्न पाउने छन्।
संशोधित निर्देशनअनुसार नेपाल सरकारले तोकेका सडक वा सडक खण्डहरूमा चल्ने सवारी साधनबाट सडक उपभोग दस्तुर संकलन गर्ने प्रयोजनका लागि मात्र यस्तो कार्ड प्रयोग हुनेछ। बैंकहरूले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न ‘प्रिपेड ट्याग’ वा कार्ड जारी गर्न सक्ने छन्।







Comment