काठमाडौं । कोरियाको इन्स्टिच्युट अफ नानो टेक्नोलोजीद्वारा विकसित ‘नानो इनरजाइजर’ नेपाली बजारमा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ। नेपालमा यसको आधिकारिक बिक्री तथा वितरण अटो नेपाल बिजनेस ट्रेडलिंकले विगत १० वर्षदेखि विभिन्न शहरहरूमा गर्दै आएको जनाएको छ।
कम्पनीका अनुसार नानो इनरजाइजर प्लेटिनम कोटेड सेरामिक नानो पाउडरबाट बनेको अत्याधुनिक उत्पादन हो, जसले इन्जिनलाई दीर्घकालीन सुरक्षा प्रदान गर्नुका साथै पुनर्स्थापना गर्न मद्दत गर्छ। कम्पनीका निर्देशक रोशनकुमार श्रेष्ठका अनुसार यसको प्रयोगले ५ देखि २० प्रतिशतसम्म इन्धन बचत गर्न सकिन्छ भने कार्बन उत्सर्जन ३ देखि ९ गुणासम्म घटाउन सहयोग पुग्छ।
नानो प्रविधिमा आधारित यो उत्पादन स्टिलभन्दा करिब २० गुणा बलियो रहेको र उच्च ताप सहन सक्ने क्षमता भएको दाबी गरिएको छ। यसको प्रयोगपछि इन्जिनको कार्यक्षमता ३०,००० किलोमिटर वा २ वर्षसम्म प्रभावकारी रहने बताइएको छ।
३० एमएलको प्याकमा उपलब्ध नानो इनरजाइजर सिधै इन्जिन, गियर बक्स र स्टेरिङ बक्समा प्रयोग गर्न सकिन्छ। यसले इन्जिनका पिस्टन र सिलिन्डरको भित्ताबीच हुने घर्षण कम गर्दै इन्जिन ब्लकलाई सुरक्षित राख्न मद्दत गर्छ।
विशेषज्ञहरूका अनुसार निरन्तर घर्षणका कारण इन्जिनमा हुने क्षति कम गर्न यस्ता प्रविधिहरू उपयोगी हुन सक्छन्। नानो इनरजाइजरले इन्जिनलाई चरम अवस्थामा पनि सुरक्षित राख्दै यसको आयु बढाउन सहयोग गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।






Comment