कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड



काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक आरविवि मर्चेन्टले बाँडफाँड गरेको हो ।

कम्पनीले फागुन १३ गतेदेखि फागुन १७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८२ हजार ५ कित्ता शेयर निष्काशन गरेको थियो। आईपीओमा ८३ हजार ६०६ जनाको आवेदन परेको थियो । जस मध्ये ७४ हजार ५ सय ६८ जनाको आवेदन मात्र योग्य भएको छ।

आईपीओमा ८ हजार २५० जनाले १०।१० कित्ताको दरले शेयर पाएका छन् भने बाँकी आवेदक भने हात खाली भएका छन् ।

प्रकाशित : 15 March, 2026 8:25 pm