नागपोखरीमा “Yadea Care – Service Station” सञ्चालनमा, ग्राहक सेवामा Yadea को थप विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अटो

नागपोखरीमा “Yadea Care – Service Station” सञ्चालनमा, ग्राहक सेवामा Yadea को थप विस्तार

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपालमा Yadea इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. ले आफ्ना ग्राहकहरूलाई अझ राम्रो आफ्टर–सेल्स सेवा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौंको नागपोखरीमा नयाँ “Yadea Care – Service Station” सञ्चालनमा ल्याएको छ। काठमाडौंको केन्द्रिय क्षेत्रमा रहेको यो नयाँ सेवा केन्द्रले Yadea स्कुटर प्रयोगकर्ताहरूलाई छिटो, प्रभावकारी र भरपर्दो मर्मत तथा सेवा सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ।

यस केन्द्र सञ्चालनमा आएपछि ग्राहकहरूले अब अझ सहज स्थानमा प्राविधिक सेवा तथा मर्मत सुविधा प्राप्त गर्न सक्नेछन्।
यो सेवा केन्द्र आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ र विशेष गरी काठमाडौंको केन्द्रिय क्षेत्रमा बसोबास गर्ने वा काम गर्ने Yadea प्रयोगकर्ताहरूका लागि सेवा पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ।


Yadea लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुई–पांग्रे सवारी साधन ब्रान्डको रूपमा आफ्नो स्थान कायम राख्दै आएको छ। नेपाली बजारमा पनि Yadea का विभिन्न मोडेलहरू ग्राहकहरूबीच लोकप्रिय बन्दै गइरहेका छन्। विशेष गरी Velax, Owin तथा सबैभन्दा धेरै बिक्री हुने E8S Pro मोडेलले नेपाली उपभोक्ताबाट राम्रो प्रतिक्रिया प्राप्त गरिरहेका छन्।

कुजु नेपालका अनुसार नागपोखरीमा सेवा केन्द्र सञ्चालनमा ल्याउनु भनेको ग्राहक
सेवा अझ सुदृढ बनाउने र थ्बमभब प्रयोगकर्ताहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने
कम्पनीको प्रतिबद्धता हो।
कम्पनीले आगामी दिनहरूमा नेपालका अन्य प्रमुख शहरहरूमा पनि थ्बमभब ऋबचभ
सेवा केन्द्रहरू विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिएको छ, जसले
देशभरका ग्राहकहरूलाई अझ सहज र विश्वसनीय आफ्टर–सेल्स सेवा उपलब्ध
गराउने लक्ष्य राखेको छ।

प्रकाशित : १ चैत्र २०८२, आइतबार २०:१८ 15 March, 2026 8:18 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।