कांग्रेसले टुंगो लगायो समानुपातिक सांसदहरूको नाम, १५ जना महिला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

कांग्रेसले टुंगो लगायो समानुपातिक सांसदहरूको नाम, १५ जना महिला

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदहरूको नाम टुंगो लगाएको छ । आइतबार बसेको बैठकले १५ महिला र ५ पुरुष समानुपातिक सांसदहरूको नाम फाइनल हो ।

कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सीट जितेको छ । यस्तै राष्ट्रिय सभामा कांग्रेसका २४ जना सांसद छन् । उनीहरूमध्ये ३३ प्रतिशत अर्थात् २१ जना महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने हुन्छ । उक्त संख्या पुर्याउनका लागि समानुपातिकबाट १५ जना महिला छनौट गरेको हो ।

जहाँ आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको गरेर कुल ५ जना सांसदको चयन गरिएको छ ।

प्रकाशित : १ चैत्र २०८२, आइतबार १६:३३ 15 March, 2026 4:33 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।