राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफा १७.५२ प्रतिशतले बढ्यो, मुक्तिनाथ पहिलो स्थानमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफा १७.५२ प्रतिशतले बढ्यो, मुक्तिनाथ पहिलो स्थानमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । नेपालका राष्ट्रिय स्तरका विकास बैंकहरूले आफ्नो नाफामा उल्लेख्य सुधार गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको माघ महिनासम्मको तथ्याङ्क अनुसार, यी बैंकहरूको कुल नाफा गत वर्षको तुलनामा १७.५२ प्रतिशतले बढेको हो।

तथ्यांकअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको माघसम्म कुल ३ अर्ब ८८ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छन। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म यी बैंकहरुले ३ अर्ब ३० करोड ७४ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेका थिए।

नाफा कमाउनेमा मुक्तिनाथ अग्रपंक्तिमा

सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा कायम छ। यस बैंकले माघ २०८२ सम्म ८२१.५२ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५० प्रतिशतको वृद्धि हो। दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले ७७९.४४ नाफा कमाएको छ। जसको वृद्धिदर १४.०८ प्रतिशत रहेको छ।

वृद्धिदरमा साङ्ग्रिलाको फड्को

प्रतिशतका आधारमा सबैभन्दा उच्च वृद्धि साङ्ग्रिला विकास बैंकले हासिल गरेको छ। यस बैंकको नाफामा ३६.४२ प्रतिशतको बढोत्तरी भई ३५७.६३ पुगेको छ । त्यस्तै, ज्योति विकास बैंकले २६.३९ प्रतिशत र शाइन रेसुङ्गा विकास बैंकले १६.०३ प्रतिशतले आफ्नो नाफा बढाएका छन्।

महालक्ष्मीको नाफामा गिरावट

अधिकांश बैंकको नाफा बढ्दा महालक्ष्मी विकास बैंकको नाफामा भने गिरावट देखिएको छ। यो बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १५.४७ प्रतिशतले घटेर २८३.४७ मा खुम्चिएको छ । अन्य बैंकहरू मध्ये कामना सेवा विकास बैंकले १४.८० प्रतिशत र लुम्बिनी विकास बैंकले १४.७९ प्रतिशतले नाफा बढाउन सफल भएका छन् ।

प्रकाशित : २९ फाल्गुन २०८२, शुक्रबार १५:२३ 13 March, 2026 3:23 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।