काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य स्थिर भएको छ। आज चाँदी मंगलबार कायम मूल्यलाई नै आधार मानेर खरिदबिक्री हुने भएको छ। मंगलबारको बजारमा चाँदी तोलाको ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।






Comment