सूर्योदय वोमी लघुवित्तले मनायो १५औँ वार्षिकोत्सव, कर्मचारी र प्रहरीलाई सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बैंक / वित्त

सूर्योदय वोमी लघुवित्तले मनायो १५औँ वार्षिकोत्सव, कर्मचारी र प्रहरीलाई सम्मान

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे १५ औं बार्षिकोत्सव फागुन २५ गते संस्थाको कर्पोरेट कर्यालय, महालक्ष्मी–४, वोचुहाईट, ललितिपुरमा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न, उक्त कार्यक्रममा संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत, प्रहरी प्रभाग इमाडोल, ललितपुरका प्रहरी प्रतिनिधीहरु, संस्थाका उच्च व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, कर्पोरेट कार्यालय, शाखा कार्यालयमा कार्यरत कर्मचारीहरु एवम् स्थानियहरुको उपस्थिति रहेको थियो ।

संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यज्युले स्वागत मन्तब्य सहित कार्यक्रम बारे जानकारी गराए । संस्थाका प्रमुख कार्यकारी अधिकृतले कर्मचारीहरुलाई विशेष धन्यवाद दिंदै, संस्थाले अति विपन्न वर्गलाई सेवा दिएर उनिहरुलाई आत्मनिर्भर बनाई देशको अर्थतन्त्रमा ठूलो भुमिका खेलेको जानकारी गराए ।

उक्त कार्यक्रममा संस्थामा निरन्तर १० वर्ष सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा प्रहरी प्रभाग इमाडोल, ललितपुरलाई आवश्यक स्टेशनरी सामाग्री हस्तान्तरण सहित मायाको चिनो प्रदान गरिएको थियो ।

संस्थाले हाल ७ वटै प्रदेशका ५५ जिल्लाहरुमा १६७ शाखा कार्यालय मार्फत करिब १ लाख ९५ हजार ग्राहक सदस्यहरुलाई वित्तीय सेवा दिंदै आईरहेको छ ।

प्रकाशित : २६ फाल्गुन २०८२, मंगलबार १४:१६ 10 March, 2026 2:16 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।