काठमाडौं । आईसिएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि १३ गतेसम्म निष्काशन गरेको “९ प्रतिशत आईसिएफसी फाइनान्स डिबेञ्चर–२०८९” को बाँडफाँड आज सम्पन्न भएको छ। उक्त ऋणपत्रको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले बाँडफाँड गरेको हो।
कम्पनीले प्रतिडिबेञ्चर १ हजार रुपैयाँका दरले कुल १ लाख ९० हजार कित्ता ऋणपत्र बिक्रीका लागि खुला गरेको थियो। बिक्री अवधिभर १४ हजार १२९ जना आवेदकले १३ लाख ९ हजार ९८८ कित्ता ऋणपत्रका लागि आवेदन दिएका थिए।
मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड गरिएको कुमारी क्यापिटलले जनाएको छ। बाँडफाँडमा ७ हजार ६०० जना आवेदकले २५–२५ कित्ताका दरले कुल १ लाख ९० हजार कित्ता ऋणपत्र प्राप्त गरेका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।






Comment