सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फागुन २४ गते सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुनको मूल्य तोलामा ३ लाख १६ हजार ९ सय रुपैयाँ पुगेको छ । फागुन २२ गते सुन प्रतितोला ३ लाख १३ हजार ४ रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ । फागुन २२ गते चाँदी प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : 8 March, 2026 11:48 am