सुनको मूल्य प्रतितोला ४२०० रुपैयाँले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य प्रतितोला ४२०० रुपैयाँले घट्यो



काठमाडौं । निर्वाचनपछि खुलेको नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँ रहेको थियो। यस हिसाबले शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेको हो।

त्यस्तै, चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ। बुधबार प्रतितोला ५ हजार ५४० रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार बढेर ५ हजार ५४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित : 6 March, 2026 11:05 am