“कताहो” मा निर्वाचन लक्षित निःशुल्क सुरक्षा सुविधा उपलब्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

प्रविधी

“कताहो” मा निर्वाचन लक्षित निःशुल्क सुरक्षा सुविधा उपलब्ध

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपालमा डिजिटल ठेगाना प्रणाली विकास तथा सञ्चालन गर्दै आएको एड्रेसग्राफ नेपाल प्रा।लि। ले आफ्नो “कताहो” एपमार्फत निर्वाचनमा खटिने व्यक्तिहरूका लागि लक्षित विशेष निःशुल्क सुरक्षा सुविधा सुरु गरेको छ।

निर्वाचनको समयमा सुरक्षासम्बन्धी सम्भावित जोखिमलाई मध्यनजर गर्दै, निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूले आकस्मिक परिस्थितिमा आफ्नो परिवार वा आफन्तलाई छिटो र सुरक्षित रूपमा जानकारी दिन सक्ने उद्देश्यले उक्त सेवा उपलब्ध गराइएको हो।

कुनै अप्रत्याशित घटना वा असहज परिस्थितिमा प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा राखिएको क्इक् सम्पर्कमार्फत आपतकालीन सूचना पठाउन सक्नेछन्। सो सूचनासँगै साइरनसहितको सन्देश र प्रयोगकर्ताको डिजिटल ठेगानारस्थान जानकारी सम्बन्धित व्यक्तिसम्म पुग्नेछ। भीडभाड, होहल्ला वा फोनमार्फत प्रत्यक्ष रूपमा बोल्न नसकिने अवस्थामा यो सुविधा विशेष रूपमा प्रभावकारी हुने अपेक्षा गरिएको छ। हाल प्रत्येक प्रयोगकर्ताले दुईवटा मोबाइल नम्बरमा आपतकालीन सन्देश पठाउन सक्ने सुविधा उपलब्ध रहेको छ।

यो सेवा प्रयोग गर्नका लागि सर्वप्रथम एण्ड्रोइड वा एप्पल स्टोरबाट “कताहो” एप डाउनलोड गरी आफ्नो जिमेल र मोबाइल नम्बरमार्फत इत्ए प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि मेनुमा गई आफन्त वा टिमलिडर व्यक्तिको नम्बरलाई आपतकालीन सम्पर्कका रूपमा राखेपछि यो सुविधा तुरुन्त प्रयोग गर्न सकिन्छ।

प्रकाशित : २० फाल्गुन २०८२, बुधबार १२:१३ 4 March, 2026 12:13 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।