काठमाडौं। सामसुङ नेपालले होली पर्वको अवसर पारेर आफ्ना वासिङ मेसिन र रेफ्रिजेरेटरमा आकर्षक छुट तथा सजिलो फाइनान्स सुविधा सहित ‘होली अफर’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो अफर फागुन १ गतेदेखि चैत १४ गते (फेब्रुअरी १ देखि मार्च १४, २०२६) सम्म देशभरका आधिकारिक सामसुङ बिक्रेता मार्फत लागू हुनेछ।
कम्पनीले प्रिमियम होम अप्लायन्सलाई अझ पहुँचयोग्य र किफायती बनाउने उद्देश्यसहित यो योजना ल्याएको जनाएको छ। अफरअन्तर्गत ग्राहकले विभिन्न मोडेलका वासिङ मेसिनमा अधिकतम २३ प्रतिशतसम्म इन्स्ट्यान्ट क्यासब्याक पाउनेछन् भने रेफ्रिजेरेटरमा अधिकतम १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।
वासिङ मेसिनमा आकर्षक छुट
सामसुङका एआई इकोबबल वासर ड्रायर, फ्रन्ट लोड र सेमी–अटोमेटिक टप लोड वासिङ मेसिन (७ केजीदेखि १२ केजीसम्म) मा अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक उपलब्ध रहेको कम्पनीले जनाएको छ।
- सेमी–अटोमेटिक टप लोड (७ केजी) – १२% सम्म क्यासब्याक
- फुली अटोमेटिक टप लोड (८ केजी) – १२% सम्म क्यासब्याक
- एआई इकोबबल फ्रन्ट लोड (९–१२ केजी) – २०% सम्म क्यासब्याक
- एआई इकोबबल वासर ड्रायर (९–११ केजी) – २३% सम्म क्यासब्याक
रेफ्रिजेरेटरमा पनि विशेष अफर
रेफ्रिजेरेटरतर्फ सिंगल डोर, डबल डोर तथा साइड–बाइ–साइड (SBS) मोडेलमा १७ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ।
- SBS (७०० लिटर) – ११% सम्म
- ५ इन १ (३५०–४१९ लिटर) – १६% सम्म
- डबल डोर (२५३–२७५ लिटर) – १७% सम्म
- सिंगल डोर (१९२–२३० लिटर) – १५% सम्म
२० वर्षको मोटर वारेन्टी र निःशुल्क इन्स्टलेसन
सामसुङका वासिङ मेसिनमा डीआईटी मोटरमा २० वर्षसम्मको वारेन्टी प्रदान गरिएको छ। साथै, वासिङ मेसिनमा ४०० भोल्टसम्म र रेफ्रिजेरेटरमा ३०० भोल्टसम्म भोल्टेज फ्लक्चुएसनबाट सुरक्षा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सेवा पनि उपलब्ध हुनेछ।
०% ब्याजदरमा ईएमआई सुविधा
ग्राहकले Hulas Finserve Hire Purchase Ltd. को सहकार्यमा सञ्चालित ‘Samsung InstaFinance’ सेवा मार्फत ० प्रतिशत ब्याजदरमा सजिलो ईएमआई सुविधा लिन सक्नेछन्। यसका लागि केवल नागरिकता प्रमाणपत्र पर्याप्त हुने कम्पनीले जनाएको छ।
त्यस्तै, पुराना उपकरण साटेर नयाँ सामसुङ होम अप्लायन्स खरिद गर्न चाहने ग्राहकका लागि ArkoStore वा देशभरका आधिकारिक सामसुङ रिटेल स्टोरमार्फत एक्सचेन्ज सुविधा समेत उपलब्ध गराइएको छ।
होली पर्वको अवसरमा ल्याइएको यो योजना उपभोक्तालाई आधुनिक र स्मार्ट जीवनशैलीतर्फ उन्मुख गराउने लक्ष्यसहित सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।






Comment