सुनको मुल्य बढ्यो, चाँदीको कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्यो, चाँदीको कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा २४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुन प्रतीतोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आजको बजारमा चाँदी प्रतितोला २४५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ९८५ रुपैयाँले कारोबार भइरहेको छ । गत शुक्रबारको बजार चाँदी तोलाको ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : 1 March, 2026 11:16 am