सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज स्थानिय बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज एक तोला सुनको कारोबार ३ लाख १५ हजार ४ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन भने सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम थियो। यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ७२५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 26 February, 2026 10:58 am