एशियन हाईड्रोपावरको लक इन अवधि समाप्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एशियन हाईड्रोपावरको लक इन अवधि समाप्त



काठमाडौं । एशियन हाईड्रोपावर लिमिटेडको लक इन आवधि आजबाट समाप्त भएको छ । कम्पनीको संस्थापक समूहको सेयर, कर्मचारीका लागि सुरक्षित सेयर र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई सुरक्षित कुल २५ लाख ७६ हजार ८ सय कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त भएको हो ।

कुल सेयर संख्यामा संस्थापक समूहको २२ लाख २० हजार कित्ता, कर्मचारीका लागि सुरक्षित १६ हजार ८ सय कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई सुरक्षित ३ लाख ४० हजार कित्ता सेयर रहेको छ ।

कम्पनीले सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने जनाएको छ ।

प्रकाशित : 25 February, 2026 6:56 pm