काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले म्युचुअल फन्डहरूलाई छुट्याइएका ७२ हजार ६ सय कित्ता साधारण शेयरको अनिवार्य लक–इन अवधि २०८२ साल चैत ११ गते समाप्त हुने जनाएको छ।
कम्पनीको जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ। कुल १४ लाख ५२ हजार कित्ता साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात् ७२ हजार ६ सय कित्ता शेयर म्युचुअल फन्डका लागि छुट्याइएको थियो। ती शेयरमा धितोपत्र निष्कासनपश्चात् छ महिनाको अनिवार्य लक–इन अवधि लागू गरिएको थियो।
उक्त अवधि समाप्त भएसँगै सम्बन्धित शेयरहरू चैत ११ गतेदेखि दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्। यसबारे सम्पूर्ण लगानीकर्ता तथा सरोकारवालालाई जानकारी गराइएको कम्पनीले जनाएको छ।






Comment