सुनको मूल्य फेरि घट्यो, तोलामा १५ सय रुपैयाँले कमी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य फेरि घट्यो, तोलामा १५ सय रुपैयाँले कमी



काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो दिन तोलामा ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घट्दै ३ लाख ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन एक तोला सुनको भाउ ३ लाख १ हजार ९ सय रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्यमा सामान्य परिवर्तन देखिएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित : 18 February, 2026 11:14 am