नेपाली विद्यार्थीले क्याम्ब्रिज आउटस्ट्यान्डिङ लर्नर अवार्डमा उत्कृष्ट प्रदर्शन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाली विद्यार्थीले क्याम्ब्रिज आउटस्ट्यान्डिङ लर्नर अवार्डमा उत्कृष्ट प्रदर्शन



काठमाडौं। क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेसमेन्ट अन्तर्गतको द इन्टरनेशनल एडुकेसन ग्रुपले नेपालका विद्यार्थीहरुको उत्कृष्ट शैक्षिक उपलब्धि सम्मान गर्दै आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डका विजेताहरुको घोषणा गरेको छ।

नोभेम्बर २०२४ र जून २०२५ मा क्याम्ब्रिज परीक्षा श्रृङ्खलामा उत्कृष्ट नतिजा हासिल गर्ने माध्यमिक तहका विद्यार्थीहरुलाई यो अवार्ड प्रदान गरिएको हो। नेपालका ४७ जना विद्यार्थीले क्याम्बिज इन्टरनेशनल एएस र ए लेभल परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन्। तीमध्ये ४ जना विद्यार्थीले विश्वभर उच्च अंक प्राप्त गरेका छन् भने ३६ जनाले नेपालभित्र एकल विषयमा उच्च अंक हासिल गरेका छन्।

विश्वका विभिन्न ४० वटा देशमा सञ्चालन हुने क्याम्बिज इन्टरनेशनल एडुकेसनका परीक्षामा सहभागी विद्यार्थीको सफलता यस अवार्डमार्फत सम्मान गरिएको हो। क्याम्बिजबाट प्राप्त योग्यताले विश्वविद्यालय स्तरको अध्ययन र पेशागत कार्यमा आवश्यक सीप प्रदान गर्दछ। यसले विद्यार्थीको आलोचनात्मक सोच, अनुसन्धान क्षमता, दक्षता र बिषयगत ज्ञानलाई उच्च कदर गर्दछ।

अवार्ड विजेता घोषणा कार्यक्रममा क्याम्बिज युनिभर्सिटी प्रेस एण्ड एसेसमेन्टका दक्षिण एसियाका क्षेत्रीय निर्देशक विनय शर्माले भने– “क्याम्बिजका विद्यार्थी हाम्रो कामको केन्द्रमा छन्। हाम्रो शिक्षा विद्यार्थीको विकास, उपलब्धि हासिल गर्न र कक्षाकोठाभन्दा बाहिर समेत सक्षम बनाउने गरी तयार पारिएको छ। नेपालका विद्यार्थीको उत्कृष्ट नतिजा उत्सवको रूपमा मनाउन पाउँदा हामी गर्व महसुस गर्दैछौं। विद्यार्थीको सफलतामा उनीहरुको समर्पण र शिक्षक तथा परिवारको बलियो सहयोगको भूमिका प्रमुख छ। यी अवार्डले विश्वव्यापी रुपमा विद्यार्थीको उत्कृष्टता सम्मान गर्ने मात्र नभई, आगामी दिनमा उनीहरुको पढाइ र करियरका लागि आत्मविश्वास र सीप विकासमा सहयोग गर्नेछ। हामी सबै विजेतालाई बधाई दिन्छौं र नेपालमा थप सफलताका लागि निरन्तर सहयोग गर्न तयार छौं।”

ब्रिटिस काउन्सिल नेपालकी परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले भनिन्– “नेपालभरका विद्यार्थीको प्रतिवद्धता, अनुशासन र उत्कृष्ट नतिजा उनीहरुले प्राप्त गरेको उपलब्धिमा स्पष्ट देखिन्छ। आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमार्फत विद्यार्थीको राष्ट्रिय र अन्तर्राष्ट्रिय सफलता मान्यता पाएको देख्दा हामी खुशी छौं। निरन्तर मेहनत, उच्च गुणस्तरको शिक्षण, विद्यालय, परिवार र परीक्षा सञ्चालनमा संलग्न व्यक्तिहरुको सहयोगबाट यी सफलता सम्भव भएको हो। हामी निष्पक्ष, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको मूल्याङ्कन पद्धति लागू गर्न प्रतिवद्ध छौं र प्रत्येक विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सक्ने वातावरण तयार पार्न लागि छौं। यी उपलब्धिले नेपालमा क्याम्बिज शिक्षाको माग र यसका सवल पक्ष पुष्टि गरेको छ।

विश्वभर उच्च अंक हासिल गर्ने विद्यार्थीहरूमा अनुष्का शर्मा, जो रातो बंगला स्कूलबाट अंग्रेजी भाषामा उत्कृष्ट नतिजा लिए। आरभ श्रेष्ठ, रातो बंगला स्कूलबाट म्याथम्याटिक्समा उच्च अंक प्राप्त गरे। सूचना प्रविधिमा आयु प्याकुरेल, चेल्सी इन्टरनेशनल एकेडेमीका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरे। समाजशास्त्रमा जेन्शा श्रेष्ठ, ब्रिटिस मोडल कलेजका विद्यार्थीले र लिजेला शाक्य, चेल्सी इन्टरनेशनल एकेडेमीले पनि उत्कृष्ट अंक हासिल गरे। आर्ट एण्ड डिजाइनमा छायाँ रुबी श्रेष्ठ, द ब्रिटिस स्कूल, काठमाडौंबाट अव्वल रहे। नाटक ९ड्रामा०मा मेघना आस्ले थापा मगर, द ब्रिटिस स्कूल, काठमाडौंका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरे। अंग्रेजी भाषामा मान्यता न्यौपाने, रातो बंगला स्कूलबाट अव्वल रहे।

म्याथम्याटिक्समा मानवि ज्ञवाली, सेन्ट जेभियर कलेजका विद्यार्थीले उच्च अंक ल्याए। जिओग्राफीमा जियाकोमो फ्रिजेरियो, द ब्रिटिस स्कूल, काठमाडौंका विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरे। जर्मन भाषामा स्यारी लेना मेअर, काठमाडौं इन्टरनेशनल स्टडी सेन्टरका विद्यार्थी उत्कृष्ट भए। इतिहासमा सिएन्ना एलिस क्यास्की, काठमाडौं इन्टरनेशनल स्टडी सेन्टरकी विद्यार्थीले अव्वल स्थान हासिल गरे। सूचना प्रविधिमा आर्या खड्गी, जेम्स स्कूलका विद्यार्थीले उच्च अंक ल्याए। कानूनमा आश्ना पौडेल, जेम्स स्कूलकी विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरे।

नेपालमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूमा समिप यादव, ट्रिनिटी इन्टरनेशनल कलेजबाट एकाउन्टिङमा अव्वल रहे। बायोलोजीमा खुश्वु निङ्गलेकु, ब्रिटिस मोडल कलेजकी विद्यार्थी उत्कृष्ट रहीं। बिजनेसमा इसान शेखर खड्का, बुढानिलकण्ठ स्कूलका विद्यार्थीले उच्च अंक प्राप्त गरे। केमेस्ट्रीमा रेहन महर्जन, काष्ठमण्डप ए लेभल एकेडेमीका विद्यार्थीले अव्वल स्थान प्राप्त गरे।

कम्प्युटर साइन्समा प्रणव चौधरी थारु, ट्रिनिटी इन्टरनेशनल कलेजका विद्यार्थी उत्कृष्ट रहे। इकोनोमिक्समा प्रतिक्षा घिमिरे, ब्रिटिस मोडल कलेजकी विद्यार्थीले उत्कृष्ट नतिजा ल्याइन्। म्याथम्याटिक्समा सञ्जय शर्मा, ट्रिनिटी इन्टरनेशनल कलेजका विद्यार्थीले उच्च अंक हासिल गरे। फिजिक्समा अभिषेक यादव, अर्बिन शाक्य र आयुषा घिमिरेले क्रमशः ट्रिनिटी इन्टरनेशनल कलेज र बुढानिलकण्ठ स्कूलबाट उत्कृष्ट नतिजा ल्याए। इमराउन शर्मा, मल्पी इन्स्टिच्युटका विद्यार्थीले पनि फिजिक्समा उत्कृष्ट प्रदर्शन गरे।

साइकोलोजीमा नितिका सिंह पन्थ, ट्रिनिटी इन्टरनेशनल कलेजकी विद्यार्थी उत्कृष्ट रहीं। केमेस्ट्रीमा आशिष मिश्र, ट्रिनिटी इन्टरनेशनल कलेजका विद्यार्थीले उच्च अंक प्राप्त गरे। कम्प्युटर साइन्समा प्रतीक श्रेष्ठ, प्राइभेटका विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरे। एकाउन्टिङमा योगेश्वर शर्मा, बुढानिलकण्ठ स्कूलका विद्यार्थी अव्वल रहे। बायोलोजीमा शायना केसी, सेन्ट जेभियर कलेजकी विद्यार्थी उत्कृष्ट रहीं। बिजनेसमा नितिका सिंह पन्थ, ट्रिनिटी इन्टरनेशनल कलेजकी विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरिन्। केमेस्ट्रीमा आयुषा घिमिरे, बुढानिलकण्ठ स्कूलकी विद्यार्थीले र विश्वजित बिष्ट, रातो बंगला स्कूलका विद्यार्थीले उच्च अंक प्राप्त गरे।

कम्प्युटर साइन्समा विश्वजित बिष्ट, रातो बंगला स्कूलका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याए। इकोनोमिक्समा विधि खड्का, बुढानिलकण्ठ स्कूलका विद्यार्थी अव्वल रहे। म्याथम्याटिक्समा आरभ श्रेष्ठ, रातो बंगला स्कूलका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याए भने शिलु रन्जित, जेम्स स्कूलकी विद्यार्थी अव्वल रहे। फिजिक्समा आयुषा घिमिरे र अनुपकुमार अयादी, बुढानिलकण्ठ स्कूलका विद्यार्थीले उच्च अंक हासिल गरे। साइकोलोजीमा स्निग्ध श्रेष्ठ, रातो बंगला स्कूलकी विद्यार्थी उत्कृष्ट रहिन्। समाजशास्त्रमा स्निग्ध श्रेष्ठ, रातो बंगला स्कूलकी विद्यार्थीले पनि उत्कृष्ट प्रदर्शन गरे।

क्याम्ब्रिज इन्टरनेसनल एडुकेसनले विश्वभरका विद्यालयहरुसँग सहकार्य गर्दै विद्यार्थीको व्यक्तिगत सफलता र सकारात्मक परिवर्तनका लागि आवश्यक आत्मविश्वास प्रदान गर्दै आएको छ। ब्रिटिस काउन्सिलले नेपालमा उच्च गुणस्तरीय, निष्पक्ष र सुरक्षित मूल्याङ्कन सुनिश्चित गर्दै विद्यार्थीको उपलब्धि प्रवर्द्धन गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।

सर्वोकृष्ट नेपालमा पहिलो स्थान मा चारमध्ये उत्कृष्टमा सञ्जय शर्मा, ट्रिनिटी इन्टरनेशनल कलेजका विद्यार्थी अव्वल रहे। चारमध्ये उत्कृष्टमा सक्षम राजभण्डारी, सेन्ट जेभियर कलेजका विद्यार्थी उत्कृष्ट भए। तीनमध्ये उत्कृष्टमा हिमालय सत्याल, रातो बंगला स्कूलका विद्यार्थीले अव्वल स्थान हासिल गरे।

विश्वभर उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीमा इङलिस जनरल पेपरमा विश्वजित बिष्ट, रातो बंगला स्कूलका विद्यार्थी उत्कृष्ट रहे। अंग्रेजी भाषा र साहित्यमा मेघना भट्टराई, रातो बंगला स्कूलकी विद्यार्थीले उच्च अंक प्राप्त गरिन्। म्याथम्याटिक्समा सक्षम राजभण्डारी र सिद्धान्त चर्तुवेदी, सेन्ट जेभियर कलेजका विद्यार्थीहरूले विश्वभर उत्कृष्ट नतिजा ल्याए।

प्रकाशित : 17 February, 2026 7:33 pm