नेप्सेमा ३ कम्पनीको ६५ लाखभन्दा बढी बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

नेप्सेमा ३ कम्पनीको ६५ लाखभन्दा बढी बोनस शेयर सूचीकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको ६५ लाख ६३ हजार बढी कित्ता शेयर थपिएको छ। नेप्सेमा कृषि विकास बैंक, शिवम सिमेन्ट र आशा लघुवित्त वित्तीय संस्थाको कुल ६५ लाख ६३ हजार ५४४.०३ कित्ता बोनस शेयर थपिएको हो।

जसमा कृषि विकास बैंकको ४५ लाख २ हजार ९४७.९० कित्ता, शिवम सिमेन्टको १३ लाख ६४ हजार २०२.१६ कित्ता र आशा लघुवित्तको ६ लाख ९६ हजार ३९३.९७ कित्ता बोनस शेयर रहेका छन्।

यी सबैको अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई वितरण गरिएको बोनस शेयर रहेका छन्। जसअनुसार अघिल्लो आर्थिक वर्षमा कृषि विकास बैंकले ३.२५ प्रतिशत, शिवम सिमेन्टले २.५ प्रतिशत र आशा लघुवित्तले ९.५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रकाशित : ५ फाल्गुन २०८२, मंगलबार १५:२७ 17 February, 2026 3:27 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।