सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । मंगलबार, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले गत माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २४ लाख ५२ हजार ६०२ जनाले २ करोड ६१ लाख ३२ हजार ८०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार ५७ हजार २४३ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

यसरी बाँडफाँट गर्दा शेष रहेको १ कित्ता शेयर सोही लगानीकर्तामाझ बाँडफाँट गरिएको छ। यस अनुसार १ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेको छ।

आईपीओको नतिजा अनलाइनमा सार्वजनिक हुन केही समय लाग्ने बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले जानकारी दिएको छ। अनलाइनमा सार्वजनिक भएपछि यी माध्यमबाट नतिजा हेर्न सकिनेछ।

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट:https://kumaricapital.com/share-details

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

प्रकाशित : ५ फाल्गुन २०८२, मंगलबार १०:५४ 17 February, 2026 10:54 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।