गरिमा म्युचुअल फण्डको पहिलो खुलामुखी ‘गरिमा सुवर्ण योजना’लाई सेबोनको स्वीकृति, ५० करोडको प्रारम्भिक निष्काशन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गरिमा म्युचुअल फण्डको पहिलो खुलामुखी ‘गरिमा सुवर्ण योजना’लाई सेबोनको स्वीकृति, ५० करोडको प्रारम्भिक निष्काशन हुने



काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा सुवर्ण योजना” निष्काशन गर्न नेपाल नेपाल धितोपत्र बोर्ड ९सेबोन०बाट स्वीकृति प्राप्त भएको छ । गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्वक तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रु. १ अर्ब बराबरको पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिकरुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको हो ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत यस योजना विकास बैंक कोष प्रवद्र्वक रहने गरी निष्काशन हुने नेपालकै पहिलो खुलामुखी योजना हो ।

प्रारम्भिक रुपमा ५० करोड रुपैयाँ बराबरको प्रति इकाई रु.१० को दरले ५ करोड इकाई बिक्रीको लागि सार्वजनिक निष्काशन हुने उक्त योजनामा आवेदकले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाई सम्म आवेदन दिन सक्नेछन् ।

गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्वक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहने गरी यसपूर्व सार्वजनिक निष्काशन गरिएको रु.१ अर्ब २५ करोड रकम बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना “गरिमा समृद्धि योजना” हाल सञ्चालनमा रहेको छ ।

प्रकाशित : 15 February, 2026 1:42 pm