काठमाडौं । इनड्राइभले नेपालमा आफ्नो बहुप्रतीक्षित ‘राइड एण्ड विन’ प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ। ड्राइभर–पार्टनरहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानमा देशभरका इनड्राइभ ड्राइभरहरूको उत्साहजनक सहभागिता रहेको थियो।
शुक्रबार काठमाडौंको गैरीधारामा आयोजित भव्य कार्यक्रममा विजेता राइडरहरूलाई पुरस्कार वितरण गरिएको हो। कार्यक्रममा १० जना राइडरलाई रेडमी ब्रान्डका मोबाइल फोन, एक जनालाई मोटरसाइकल र एक जनालाई ट्याक्सी हस्तान्तरण गरेको छ।

क्याम्पेनमार्फत ड्राइभरहरूको सक्रिय सहभागिता बढाउने, ब्रान्डप्रति विश्वास मजबुत बनाउने तथा इनड्राइभको ड्राइभर समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य राखिएको थियो। स्मार्टफोन, स्मार्टवाच र पावर बैंकजस्ता प्रविधिमैत्री पुरस्कारमार्फत ड्राइभरहरूको दैनिक कामलाई सहज बनाउँदै उनीहरूको अनुभव थप समृद्ध बनाउने प्रयास गरिएको कम्पनीको भनाइ छ।
इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले आगामी दिनमा थप आकर्षक कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दै यो सुरुवात मात्र रहेको बताईन्। उनले भनिन, ‘हामी ड्राइभर पार्टनरहरूका लागि अझ रोचक र पुरस्कारयुक्त क्याम्पेनहरू ल्याउनेछौं। हाम्रो उद्देश्य ड्राइभर समुदायलाई अझ सशक्त बनाउँदै उनीहरूका लागि थप आर्जनका अवसर सिर्जना गर्नु हो’






Comment