काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक महानुभावहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको यस घर कर्जा योजना अन्तर्गत ७ वर्षको लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ ।
न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू.१० करोडसम्म प्रदान गरिने यस एन आई सी एशिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुन:निर्माण गर्न एवं घडेरी खरिद गर्नका लागि सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ ।
घर खरिद तथा निर्माण गर्ने ग्राहक महानुभावहरुको सपना साकार पार्न ठोस टेवा पुर्याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजना अन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ ।
साथै, यस योजना अन्तर्गत घर कर्जा लिने ग्राहक महानुभावहरुले लाइफ टाइम नि:शुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्ने बैंकका प्रमुख सूचना अधिकारी राजेश रावलले जानकारी दिए ।






Comment