मुक्तिनाथ कृषि कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा एक करोड ७७ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २०.९१ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले एक करोड ४६ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी घटेको छ । यद्यपी कम्पनीको वित्तीय खर्च घटेका कारण पनि नाफामा उल्लेख्य सुधार आएको हो । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको कुल आम्दानी १५.८१ प्रतिशतले घटेर छ करोड ३८ लाख रुपैयाँमा सिमित भएको छ ।
त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी २५.२८ प्रतिशतले घटेर २० करोड ८ लाख ९३ हजाररुपैयाँमा झरेको पुगेको छ भने कुल सञ्चालन खर्च २४.६१ प्रतिशतले घटेको छ।
यस अवधिमा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ । गत वर्ष ४.१९ रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी बढेर ४.६९ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २९१.७१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ७१ पैसा रहेको छ।
पुस मसान्तसम्म ७५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटीमा छ करोड ५८ लाख ३२ हजार रुपैयाँ रहेको छ।






Comment