वृज एडिटिभ्स् सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

वृज एडिटिभ्स् सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न



काठमाडौं । वृज एडिटिभ्स् प्रा।लि। ले प्रायोजन गरेका सोेह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भए को छ । दूरदृष्टिसहितको निर्माण : दिगो र सुदृढ नेपालका लागि युवा, नवप्रवर्तन र दिगोपनको समन्वय। भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा माघ २३ गतेबाट उक्त तीन दिने प्रदर्शनी शुरु भएको थियो ।

फ्लोट डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन,पोएट्र««ी कम्पिटिसन, ओलमपियाड, अटोक्याड, इटयाबस, आइडियाथन,ह्याकाथन गरी १५ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो ।

उक्त प्रर्दशनीमा, नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्य लगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज एडिटिभ्स्का सहायक महाप्रबन्धक रविन्द्र उपाध्याय र परियोजना प्रबन्धक प्रशान्त पोखरेल ट्रफी प्रदान गरेका थिए । यसले कम्पनीको इन्जिनियरिङ समुदायसँगको सहकार्य र प्राविधिक विकासप्रतिको प्रतिबद्धता स्पष्ट गर्दछ ।

सन् २०२२ मा स्थापना भएको बृज एडिटिभ्स प्रा।लि। केडिया अर्गनाइजेसनको निर्माण रसायन क्षेत्रतर्फको रणनीतिक पहल हो। कम्पनीले विशेषगरी कंक्रिट एडमिक्स्चर, टाइल एडहेसिभ तथा वाटरप्रूफिङ समाधानहरू मा केन्द्रित रही वृज एडिटिभ्स् प्रा।लि क्ष्क्इ ढण्ण्ज्ञस् द्दण्ज्ञछ अभचतषष्भम उद्योग हो र यसका उत्पादनहरु इटालियन प्रविधिद्धारा उत्पादित का उत्पादनहुन ।

मुख्य उत्पादन क्षेत्र : कंक्रिट एडमिक्स्चर

प्रदर्शनीमा बृज एडिटिभ्सले रेडी–मिक्स कंक्रिट (RMC), जलविद्युत आयोजना, पूर्वाधार तथा ठूला आवासीय–व्यावसायिक परियोजनाका लागि प्रयोग हुने उन्नत कंक्रिट एडमिक्स्चर समाधानहरू प्रस्तुत गरेको थियो।

प्रमुख उत्पादनहरूमा:

Silkon Flowmix PC Series (PC 100, PC 350, PC 450, PC 550)

कंक्रिटको वर्केबिलिटी सुधार, पानी–सिमेन्ट अनुपात घटाउने, प्रारम्भिक तथा दीर्घकालीन मजबुती वृद्धि गर्ने उच्च कार्यक्षमता भएका सुपरप्लास्टिसाइजरहरू।

Ultraset 100 (Accelerator)

छिटो सेट हुने, प्रारम्भिक मजबुती छिटो प्राप्त हुने तथा समय-संवेदनशील परियोजनाका लागि उपयुक्त एक्सेलेरेटर। यी उत्पादनहरू हाल नेपालभरका RMC प्लान्ट, पूर्वाधार परियोजना तथा प्राविधिक रूपमा जटिल निर्माण कार्यहरूमा सफलतापूर्वक प्रयोग हुँदै आएका छन्।

टाइल एडहेसिभ तथा वाटरप्रूफिङ समाधान

कंक्रिट एडमिक्स्चरका अतिरिक्त, बृज एडिटिभ्सले आफ्ना टाइल फिक्सिङ र वाटरप्रूफिङ उत्पादन श्रृंखला पनि प्रदर्शनीमा प्रस्तुत गरेको थियो।

Tile Adhesive Series (FT, WT, AT तथा Ultra – White Adhesive, Epoxy, Grout)

पोलिमर–मोडिफाइड, सिमेन्ट–आधारित टाइल एडहेसिभ, जुन सिरेमिक, भिट्रिफाइड, मार्बल, ग्रेनाइट तथा ठूला फर्म्याटका टाइलहरूका लागि उपयुक्त छन्। यी उत्पादनहरूले बलियो बन्धन, दीर्घकालीन टिकाउपन तथा आकर्षक फिनिस सुनिश्चित गर्छन्।

वाटरप्रूफिङ समाधानहरू Weather Pro+ 250, Superlatex, Cem-Shield)

भवन तथा संरचनालाई पानी चुहावट, सिपेज र ओसिलोपनबाट जोगाउने उद्देश्यले विकास गरिएका उन्नत समाधानहरू, जसले संरचनाको आयु र मजबुती वृद्धि गर्छ।

उत्पादन क्षमता तथा गुणस्तर प्रतिबद्धता

बृज एडिटिभ्स प्रा.लि.को दैनिक उत्पादन क्षमता ८० मेट्रिक टन रहेको छ। कम्पनीले कडा गुणस्तर नियन्त्रण प्रणाली, आधुनिक उत्पादन प्रक्रिया तथा निरन्तर अनुसन्धान–विकास (R&D) मा जोड दिँदै आएको छ।

प्रकाशित : 9 February, 2026 10:41 am