
भक्तपुर। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. संघको आयोजना र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को प्राविधिक सहयोगमा एक दिने संचालकको क्षमता अभिबृद्धि तालिम होटेल यचु, कमलविनायकमा सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी नियमानुसार नयाँ संचालक निर्वाचित भएको तिन महिना भित्र संचालकको क्षमता अभिवृद्धि तालिम राख्नुपर्ने व्यवस्था अनुसार तालिमको आयोजना गरिएको बताउनुभयो । वहाँले सहकारी अभियानलाई सुधार गर्न हालको परिस्थितिमा नेतृत्व रुपान्तरणको आवश्यकता रहेको बताउनुभयो । सहकारी संस्थामा संचालकको सुशासनको कमीकमजोरीका कारण अभियान बदनाम भइरहेकोले संचालकहरु सुशासनमा बस्नुको विकल्प नरहेको बताउनुभयो । संचालकको क्षमता अभिबृद्धि तालिमले जिल्लाको सहकारी अभियान सुदृढ बनाउन सहयोग पु¥याउन उनको भनाइ थियो ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को प्रमुख कार्यक्रम अधिकृत केशव प्रसाद दाहालले सहकारीमा हाल नेतृत्वकै खडेरी परेको विचार व्यक्त गर्नुभयो । तसर्थ भविष्यका लागि उत्तराधिकारी योजना बनाउनुपर्ने विचार राख्नुभयो ।
संघका सचिव कान्छाभक्त घजुले कार्यक्रम संचालन गर्दै तालिम कार्यक्रमले नयाँ ज्ञान हासिल गर्ने अवसर मिलेको बताउनुभयो । सो कार्यक्रममा संघका संचालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवम् सदस्यहरु र व्यवस्थापकीय कर्मचारीहरु समेत गरी १५ जनाको सहभागिता रहेको थियो ।





Comment