नेशनल लाईफद्वारा तीन दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

नेशनल लाईफद्वारा तीन दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

पोखरा । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले ट्रान्जिसनिङ टुु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स भन्ने नाराका साथ तीन दिने इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम होटल ग्राण्ड पोखरामा सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली तथा विभागीय प्रमुखहरू सहित देशभरिका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका प्रशासनिक कर्मचारीहरु गरी कुल २७० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी समद्घाटन गरेका थिए । उद्घाटनको क्रममा अध्यक्षले बीमा व्यवसाय निरन्तर रुपमा प्राविधिक विषय हुँदै गएको सन्दर्भमा आर्टिफिसियल इण्टेलीजेन्स सम्वन्धि यस विस्तृत तालिम प्रशिक्षणबाट कम्पनीको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने आशय व्यक्त गरे ।

हाल, कार्यसम्पादन मुल्यांकनको आधारमा बेस्ट इम्प्लोइ अवार्ड–२०८२ मा उत्कृष्ट ठहरिएको ७ जना कर्मचारीहरु रोहित कुमार श्रेष्ठ, जीवन बाराकोटी, नेमप्रसाद थारु, बेजोन कार्की, योगेश निरौल, नविना खाती र रचना पराजुलीलाई नगद पुरस्कार तथा सम्मान पत्र सहित सम्मान गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्यको क्रममा, दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कर्मचारीहरुलाई प्रविधिमा सक्षम बनाई डाटा विश्लेषण तथा ग्राहक सेवा प्रणाली जस्ता उपकरणको प्रभावकारी प्रयोगबाट सेवा प्रवाहलाई छिटो, सरल र गुणस्तरीय बनाउन मदत पुग्ने गरी एआई (आर्टिफिसियल इण्टिेलिजेन्स) तालिमको व्यवस्था गरिएको बताए । साथै उनले कर्मचारीहरुलाई बीमा व्यवसायमा प्रत्यक्ष सरोकार राख्ने सम्पत्ती शुद्धिकरण सम्वन्धि तालिमको पनि व्यवस्था गरिएको जानकारी दिए ।

उक्त कार्यक्रममा ब्रोडवे इन्फोसिसका सन्देश भट्टराईले आर्टिफिसियल इण्टेलीजेन्सका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै एआई सम्वन्धि विस्तृत गहन प्रशिक्षण प्रदान गरेका थिए ।
नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारीले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सकिने तर्फ सचेत रहन आग्रह गर्दै राष्ट्रिय हितका लागि आतंकवादि वित्तिय लगानी रोक्नु हामी सबैको कर्तव्य भएको बताए ।

विभिन्न वित्तिय कृयाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकोले उनीहरुको वित्तिय कृयाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता कृयाकलाप रोक्न टेवा मिल्ने सम्वन्धमा प्रशिक्षण प्रदान गरे ।

कार्यक्रममा कर्मचारीहरुको मानसिक तथा शारिरीक स्वास्थयमा अभिवृद्धि गर्ने उदेश्यले आर्ट अफ लिभिङका डा. डोन्जन लामिछानेज्यूबाट योगा प्रशिक्षण पनि प्रदान गरिएको थियो ।
सहभागी कर्मचारीहरूको पेशागत ज्ञान अभिवृद्धिका लागि सञ्चालन गरिएको परिक्षामा उत्कृष्ट नतिजा सहित प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल क्रमशः केन्द्रिय कार्यालयका सुरक्षा सिंह, श्री बेजोन कार्की र किर्तिपुर शाखाका सिद्धार्थ महर्जनलाई प्रमुख कार्यकारी अधिकृतज्यूले नगद प्रोत्साहन सहित सम्मान गरेका थिए ।

यसै गरी प्रदेश स्तरिय फुटसल प्रतियोगितामा प्रथम, द्वित्तिय र तृत्तिय हुने क्रमशः लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र केन्द्रिय कार्यलयबाट विजयी हुने खेलाडीहरुलाई पनि पुरस्कृत एवं सम्मान गरेका थिए ।

विभिन्न मनोरञ्जनात्मक गतिविधी समावेश गरिएको उक्त कार्यक्रममा कम्पनीका उप–कार्यकारी प्रमुख स्मृति राज कँडेलले धन्यवाद ज्ञापन गर्दै कम्पनीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरी कर्मचारीहरूको सीप, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने बताए ।

प्रकाशित : २० माघ २०८२, मंगलबार १४:५४ 3 February, 2026 2:54 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।