डिसहोम इन्टरनेटले ‘सर्भिस अन डोर’ अभियान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

डिसहोम इन्टरनेटले ‘सर्भिस अन डोर’ अभियान



काठमाडौं । डिसहोम इन्टरनेटले आफ्ना सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ (सर्भिस अन डोर–एसओडी) अभियान सार्वजनिक गरेको छ । उक्त अभियान वाग्मती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरी क्षेत्रबाट माघ १५ गतेदेखि सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

यस अभियानअन्तर्गत ग्राहकले डिसहोम इन्टरनेटको सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

‘एसओडी’ अभियान काठमाडौं उपत्यकाबाट सुरु भई चरणवद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : 2 February, 2026 5:50 pm