राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत



काठमाडाैं । राष्ट्रिय सभाको बैठकबाट अगामी २१ फागुनको निर्वाचनलाई लक्षित गरी अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्योदश स्वीकृत भएका छन् । सभाको सोमवारको बैठकबाट ती अध्यादेशहरु स्वीकृत भएका हुन् ।

सभामा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ लाई स्वीकृत गरियोस् भन्ने प्रश्ताव पेश गरेका थिए । उक्त प्रश्ताव सर्वसम्मतीले स्वीकृत गरिएको हो ।

प्रकाशित : 2 February, 2026 5:01 pm