काठमाडौं । कास्कीको पोखरास्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था कर्जा सूचना केन्द्रमा आवद्ध भएको छ । केन्द्रले पोखरा रोयल साकोसलाई इन्स्टिच्युसनल कोड ११ प्रदान गरेको छ । केन्द्रले माघ ७ गते सूचना जारी गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुका लागि सदस्यता आव्हान गरेको थियो ।
केन्द्रले पोखरा रोयल साकोसलाई सदस्यता प्रदान गरेको आधिकारिक पत्र पठाउँदै अन्य बैंक वित्तीय संस्था तथा सहकारीहरूलाई जस्तै त्यस संस्थालाई पनि कर्जा सूचना सम्बन्धी सबै सेवाहरू प्रदान गर्न केन्द्र तत्पर रहेको जनाएको छ । संस्थाले माघ ८ गते केन्द्रमा आवद्धताकालागि अनुरोध गरेको र कारोबारकालागि सदस्यता प्राप्त गरेको पत्र प्राप्त गरेको संस्थाका सूचना अधिकारी मिलन ढकालले जानकारी दिए ।
ढकालले सहकारीमा पनि खासगरी वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारीहरुको ऋण लगानी सुरक्षित गर्न, जोखिम व्यवस्थाप गर्न, सदस्यहरुको बचत संरक्षण गर्न, वित्तीय स्थायित्व कार्यम गर्न र समग्र क्षेत्रप्रतिको विश्वास, इमान्दारी र पारदर्शिता कायम गर्न मद्दत पुग्ने बताए ।
कर्जा सूचना केन्द्रमा आवद्ध हुन पाउनुपर्ने सहकारीहरुको लामो समयदेखिको माग पूरा भएको उनको भनाइ छ । केन्द्रसँग आबद्धतासँगै सहकारीको कर्जा सूचना प्रणाली वैज्ञानिक, व्यवस्थित र चुस्त हुनुका साथै दोहोरो कर्जा, अस्वस्थ प्रतिस्पर्धा र जोखिम न्यूनीकरणमा मद्दत पुग्ने ढकालले बताए ।





Comment