काठमाडाैँँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश पारितको मुख्द्य प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो।
उक्त सभा फागुन ११ गते बाराको सिमरामा रहेको होटल क्लासिकमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । उक्त सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । बोनस सेयर वितरणपश्चातको हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवतरण सहित अनुसूचीहरु पारित गरिनेछ। यसैगरी चालु आवका लागि लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।





Comment