सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैँ । सानिमा बैंकले पवनकुमार आचार्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको छ। आइतबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा कार्यरत आचार्यलाई नेतृत्व तहमा उकास्दै बोर्डले सीईओ पदमा चयन गरेको हो।

हालसम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका निश्चलराज पाण्डेको कार्यकाल ११ माघ २०८२ मा समाप्त भएसँगै उक्त पद रिक्त भएको थियो। सोही रिक्त स्थानमा आचार्यलाई बढुवा गर्दै बैंकले नयाँ नेतृत्वको घोषणा गरेको हो।

प्रकाशित : १२ माघ २०८२, सोमबार १४:०६ 26 January, 2026 2:06 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।