काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंककाे नाफा अघिल्लो वर्षको तुलनामा २५.२५ प्रतिशतले बढेको छ।
बैंकले सार्वजनिक गरेकाे दोस्रो त्रैमाससम्मकाे अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म बैंकले ८० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
साउनदेखि पुस मसान्तसम्म बैंककाे सञ्चालन मुनाफा १०.२२ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर ५७ करोड ४२ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा घटेर १ अर्ब ४५ करोड ६८ रुपैयाँ कायम भएकाे छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ६२ करोड २७ लाख रुपैयाँ थियाे ।




Comment