कर्मचारी सञ्चय कोषमा रोजगारीको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

कर्मचारी सञ्चय कोषमा रोजगारीको अवसर

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ।कोषले आज एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आठौँ तहको प्रवन्धकदेखि चौथो तहको सहायकसम्म गरेर ३६ जना कर्मचारी माग गरेको हो।

कोषले प्रबन्धक एक जना, विभिन्न समूहमा उप प्रबन्धक सात जना, आठ जना सहायक प्रबन्धक, १७ जना प्रमुख सहायक र सहायक तीन जना गरी ३६ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो।

इच्छुक वा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने छन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सकिने सुचनामा उल्लेख गरिएको छ।

प्रकाशित : ९ माघ २०८२, शुक्रबार १६:५९ 23 January, 2026 4:59 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।