‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

‘बदल्यौं कांग्रेस, बदल्छौं देश’



काठमाडौं । नेपाली कांग्रेसले नयाँ नेतृत्वका साथ केन्द्रीय कार्यालय सानेपाबाट नयाँ राजनीतिक यात्रा प्रारम्भ गरेको छ । नवनिर्वाचित सभापति गगनकुमार थापाले पदबहाली गरेसँगै आफ्नो कार्यकालको संकल्प सार्वजनिक गरेका हुन् ।

सभापति थापाले बैठकको माइन्युटमा ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित कार्यकालको औपचारिक सुरुवात गरेका छन् । माइन्युटमा उनले ‘हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति’ भन्ने उल्लेख गर्दै राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।

नयाँ नेतृत्वमार्फत आगामी राजनीतिक चुनौतीहरू सामना गर्दै देशको समृद्धिमा योगदान पुर्‍याउने अठोट उनले व्यक्त गरेका छन् । कांग्रेसले उक्त प्रतिबद्धताबारे प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका कार्यकर्ता तथा सदस्यहरूलाई एकताबद्ध भएर संगठनको लक्ष्य प्राप्तिका लागि अघि बढ्न आह्वान गरेको छ ।

प्रकाशित : 23 January, 2026 4:43 pm