प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ४२ लाखभन्दा बढी मतपत्र छापियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ४२ लाखभन्दा बढी मतपत्र छापियो



काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले हालसम्म १ करोड ४२ लाखभन्दा बढी मतपत्र छापिसकेको जनाएको छ।

केन्द्रका अनुसार हालसम्म १ करोड ४२ लाख ८ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ। पछिल्लो २४ घण्टामा मात्रै ११ लाख १६ हजार थान मतपत्र छापिएको छ। निर्वाचनका लागि कुल २ करोड ८ लाख ३ हजार थान मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ।

यसैगरी, हालसम्म ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्र १ हजार २२६ बाकस मतपत्र प्याकिङ गरिएको जनाइएको छ। केन्द्रले १ लाख ९८ हजार २०० थान नमूना मतपत्र निर्वाचन आयोगमा पठाइसकेको छ।

प्रकाशित : 23 January, 2026 10:54 am