इक्यानकाे अध्यक्षमा एन्ड्रयु विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

इक्यानकाे अध्यक्षमा एन्ड्रयु विजयी



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघको अध्यक्षमा लक्ष्मण पौडेल एन्ड्रयु विजयी भएका  छन् ।


सोमबार सम्पन्न २० औं  साधारणसभा अन्तर्गत भएको निर्वाचनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्  ।

अर्का उम्मेदवार दीपकराज भुसाललाई पराजित गर्दै पौडेल विजयी भएका हुन् ।

प्रथम उपाध्यक्षमा बासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल र तृतीय उपाध्यक्षमा गीता शिवाकोटी विजयी भएका छन् ।


महासचिवमा भवनाथ हुमागाई निर्वाचित भएका छन् ।
सहसचिवमा सुरज सिलवाल र आशिक कार्की विजयी भएका छन् ।


कोषाध्यक्षमा साधना पुडासैनी विजयी भएकी छन् ।
सहकोषाध्यक्षमा गोविन्द खनाल विजयी भएका छन्।
लक्ष्मण पौडेल एन्ड्रयु र दीपकराज भुसालले प्यानलसहित चुनावी प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : 13 January, 2026 4:54 am